बिर्तामोड ।
जेनजी आन्दोलनको क्रममा क्षतिग्रस्त बनेको इलाका प्रहरी कार्यालय अनारमनी र जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाको भवन पुनःनिर्माण तथा मर्मत सम्भारका झापाको बिर्तामोडको न्युटन्स एजुकेशन एकेडेमीको बाल क्लबले आर्थिक सहयोग गरेको छ ।
न्युटन्स स्कुलको बालक्लवका बिद्यार्थीले संकलन गरेको नगद ११ हजार एक सय ११ रुपैयाँ आज (शुक्रवार) प्रहरी कार्यालयमै लगेर उनीहरुले हस्तान्तरण गरेको स्कुलका प्रिन्सिपल देबेन्द्र हुमागाईले जानकारी दिए ।
उक्त संकलित रकम उनीहरुले भवन पुनः निर्माण व्यवस्थापनमा सक्रिय भूमिका निर्वाह गरिरहेका पदम श्रेष्ठ, रमेश चौधरी, वीपिन वजगाँई, सजेश शिवाकोटीलाई हस्तान्तरण गरेका थिए ।
गत भदौं २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय अनारमनी र जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाको भवन क्षतिग्रस्त भएको थियो । प्रहरी कार्यालय क्षतिग्रस्त हुँदा शान्ति सुरक्षाको चुनौती बढेको भन्दै बिद्यार्थीहरुले रकम संकलन गरेको हस्तान्तरण गरेका हुन् ।


















