झापा ।
झापाको कनकाई नगरपालिका–४ कोटीहोमस्थित सडक छेउमा एक व्यक्ति मृत फेला परेका छन् । अन्दाजी ५५ देखि ६० वर्ष उमेरका एक पुरुषको शव फेला परेको छ।
शनिवार साँझ करिब ६ बजे उक्त शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। मृतक शिवसताक्षी नगरपालिका–२ का अन्दाजी ६४ बर्षीय मित्रबहादुर लिम्बु रहेको उनका भान्जा मोहन लिम्बुले पहिचान गरेको र श्रीमतीलाई समेत जानकारी भइसकेको प्रहरीले जनाएको छ।
घटनास्थलमा ईलाका प्रहरी कार्यालयको प्रहरी टोली गएको थियो। टोलीले घटनास्थल सुरक्षित राखेको छ भने थप अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाउन ईलाका प्रहरी कार्यालय अनारमनीबाट प्रहरी टोली गएको छ । प्रहरीका अनुसार घटनाबारे आवश्यक अनुसन्धान भइरहेको छ र मृतकको पहिचान खुलाउने प्रयास जारी छ।


















