बिर्तामोड ।
झापाको बिर्तामोड–४ मा रहेको लिटल फ्लावर्स इग्लिस स्कुलले प्रहरीलाई एउटा मोटरसाइकल दिएको छ । जेनजी आन्दोलनका क्रममा तोडफोड र आगलागी भएसँगै प्रहरी कार्यालयमा सवारी साधन अभाव भएपछि स्कुलले एउटा मोटरसाइकल प्रहरीलाई कार्य सहजताका लागि प्रदान गरेको हो ।
स्कुलका प्रवन्ध निर्देशक तथा समाजसेवी राजेश खड्काले प्रदान गरेको करिव तीन लाख मूल्य बराबरको साइन्स १२५ सीसीको मोटरसाइकल स्कुलका प्रिन्सिपल डा. भिशाल तिम्सिना क्षेत्रीले बिद्यालयका बिज्ञापन खड्का र कमल बुढाथोकीको उपस्थितिमा प्रहरीलाई हस्तान्तरण गरेका हुन् ।
उनीहरुले स्कुलका तर्फबाट इलाका प्रहरी कार्यालय अनारमनीका डिएसपी विजय श्रेष्ठ र जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख गणेश पौडेललाई हस्तान्तरण गरेका छन् ।
मोटरसाइकल हस्तान्तरण कार्यक्रममा बिर्तामोड–५ का वडाध्यक्ष रोहित प्रसाई, इप्रका अनारमनी र ट्राफिक प्रहरी कार्यालयको भवन पुनःनिर्माण तथा मर्मत सम्भारका अगुवा सजेश शिवाकोटी, बिपिन बजगाँई, पदम श्रेष्ठ, रमेश चौधरीलगायतको पनि सहभागीता रहेको थियो ।


















