बिर्तामोड । 

जेनजी युवाको प्रदर्शनका क्रममा घर र सवारीसाधन तोडफोड र आगलागीबाट ठूलो क्षति व्यवहोरेका सामाजिक तथा युवा व्यवसायी सुवास भट्टराईले आफुले कसैको कुभलो नचिताएको बताएका छन् । 

‘मैले कुनै भष्ट्राचार गरेको भए जस्तोसुकै कारवाही भोग्न तयार छु’ भट्टराईले भने ‘जेनजी आन्दोलनको नाममा मेरो घर र सवारी साधान तोडफोड र आगलागी गर्ने मान्छे चिनेको छु, तर मैले प्रतिशोध साधेको छैन ।’ उनले आवेग र प्रतिशोध नभएर बिवेक र र जिम्मेवार बन्नसमेत त्यस्ता व्यक्तिहरुलाई आग्रह गरेका छन् । 

‘मेरो जतिनै क्षति भएपनि मेरो घरमा आगजनी गर्नेको प्रगति र उन्नती नै होस्’ उनले भने ‘मैले कसैलाई नराम्रो चिताउने गरेको पनि थिइन र आगामी दिनमा पनि त्यो कार्य मबाट हुनेछैन ।’  

भट्टराईले बिर्तामोडमा आयोजित एक कार्यक्रमकाबिच कसैलाई मप्रति रिस भए आएर कुरा गर्न सक्ने बताउँदै आवेकमा आउने कार्य बन्द गर्न आग्रह पनि गरे ।  

गत भदौं २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा भट्टराईको घर र घरमा रहेको सवारी साधनमा तोडफोड र आगजनी भएको थियो । आगजनीबाट उनको ठूलो क्षति भएको थियो ।