झापा ।
अविरल वर्षाका कारण गएको पहिरोमा परी इलाममा हालसम्म ३४ जनाको मृत्यु भएको छ । सशस्त्र प्रहरीलले संकलन गरेको तथ्यांक अनुसार सूर्योदय–१ मा ५, इलाम नगरपालिका–१ मा ६ जनाको मृत्यु भएको छ । देउमाइमा ८, फाकफोकथुपमा १, माङ्सेबुङमा ३, माइजोगमाइमा ७ र सन्दकपुरमा ४ जनाको मृत्यु भएको छ ।
पहिरोका कारण घर पुरिएपछि यतिधेरै संख्यामा मानवीय क्षति भएको हो । पहिरो प्रभावित क्षेत्रमा सुरक्षा निकायहरुले उद्दार कार्य गरिरहेका छन् । घाइतेहरुलाई हेलिकप्टरबाट उपचारका लागि लैजान थालिएको हो ।
सूर्योदय नगरपालिका–१ बस्ने करिब ६०–६५ बर्षकी मनमाया क्षेत्री, ११ बर्षकी रश्मीका क्षेत्री छन् । त्यस्तै वतन नखुलेको अन्दाजी ४०–४५ वर्षकी महिला र बतन नखुलेको अन्दाजी १५१६ बर्षकी वालिका छन् ।
इलाम नगरपालिका ६ बस्ने २३ वर्षिय समिर देउसाली, २३ वर्षीय प्रविन पाख्रिन र २३ बर्षीय विराज पाख्रिन छन् । त्यस्तै ३२ बर्षिया अनु तामाङ ३२ बर्षिया प्रनिशिका मगर र ४ बर्षिय आरुष दनुवारको पनि मृत्यु भएको छ ।


















