बिर्तामोड । 

जन्मदिनको अवसर पारेर युवा व्यवसायी शैलेन्द्र सिटौलाले इलाका प्रहरी कार्यालय अनारमनी र जिल्ला ट्राफिक प्रहरी कार्यालय झापा बिर्तामोडको कार्यालय पुनःनिर्माणका लागि भौतिक तथा आर्थिक सहयोग गरेका छन् ।

बिर्तामोड साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका उपाध्यक्षसमेत रहेको शैलेन्द्र सिटौलासहित सरोज सिटौला र गोपाल मैनालीले संयुक्त रुपमा इलाका प्रहरी कार्यालय अनारमनीलाई एउटा टेवल, जिल्ला ट्राफिक कार्यालयलाई एउटा टेवल र प्रहरी चौकी विर्ताबजारलाई एउटा लोभेटसहित नगद २५ हजार रुपैयाँ सहयोग गरेका हुन् । 

युवा व्यवसायीले गरेको सहयोगले पुनःनिर्माण ठूलो सहयोग मिलेको युनिक मेशिनरी ट्रेडर्सका सञ्चालक, बिर्तामोड उद्योग बाणिज्य संघका सदस्य तथा पुनःनिर्माणमा सक्रिय तथा अगुवा युवा व्यवसायी बिपिन बजगाँईले जानकारी दिए । 

उनले धेरै युवा तथा व्यवसायीहरुको साथ सहयोगले पुनःनिर्माण कार्य सहज भइरहेकोले शान्ति सुरक्षा स्थापनाका लागि सवैले सकेको सहयोग गरिदिन पनि आग्रह गरेका छन् । गत भदौं २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त बनेको प्रहरी र ट्राफिक प्रहरी कार्यालय बिर्तामोडको पुनःनिर्माण तथा मर्मत सम्भार कार्य पुनःनिर्माणको अन्तिम चरणमा पुगेको छ ।