झापा ।
एकका लागि एक अभियानको अगुवाईमा संकलित रकमबाट झापा गाउँपालिकाका पाँच सय वढी परिवारलाई राहत वितरण गरिएको छ । गत असोज १८ देखि २० गतेसम्म परेको अविरल बर्षाका कारण बाढी डुबानबाट पीडित मध्ये पाँच सय परिवारलाई राहत वितरण गरिएको हो ।
राहत अन्तरगत प्रति परिवार प्याकेट तीन हजार रुपैयाँ बढीको खाद्यान्न र गैर खाद्यान्न सामग्री वितरण सम्पन्न गरिएको एकका लागि एक अभियानका संयोजक महेन्द्रकुमार गिरीले जानकारी दिए ।
संयोजक गिरीका अनुसार करिब एक हजार परिवारलाई राहत प्याकेट जुटेको छ भने अभियानको अगुवाईमा अझै एकहजार परिवारलाई राहत जुटाउन आवश्यक छ ।
संयोजक गिरीले अभियानलाई सहयोग गर्ने सबैलाई धन्यवाद दिदै इच्छुक संस्था तथा महानुभावहरुलाई यो विपदको समयमा सहयोगमा जुट्न पनि आग्रह समेत गरेका छन् ।

- हालसम्म संकलन तथा प्रतिवद्धता व्यक्त भएको रकम तथा सामग्रीको विवरणः
१) एकका लागि एक अभियान २०० परिवार
२) सहारा नेपाल र फेयरमेड फाउन्डेसन ३०० परिवार
३) अन्तर्राष्ट्रिय झापाली समाज १०० परिवार
४) झापाली समाज कुवेत ५५ परिवार रु.१,७१००००
५) मारवाडी सेवा समिति बिर्तामोड रु.१,६३२००
६) न्याय तथा विकासका लागि सामाजिक सञ्जाल (एसएनजेडी) ५० परिवार
७) अर्जुनधारा जलेश्वर धाम रु.५१०००
८) बिर्तामोड चिल्ड्रेन हस्पिटल रु.१०००
९) वैदेशिक रोजगार व्यवसायी संघ झापा रु.५१०००
१०) समर्पित फाउन्डेसन बिर्तामोड रु.५१०००
११) रोटरी कल्व अफ बिर्तामोड रु.५१०००
१२) डम्बर देउजा चारपाने रु. ५००००
१३) झापा उद्योग संघ रु.५००००
१४) बिपिन बजगाईं रु.३००००
१५) रोट्राक क्लब अफ बिर्तामोड रु.२१०००
- प्रतिवद्धता व्यक्त भई संकलन भइरहेको
१) झापाका सबै लायन्य क्लवहरुबाट रु. १५१०००
२) लोकनाथ चम्लागाईं बाह्रदशी २० परिवार
३) इनरह्विल क्लव अफ बिर्तामोड मिडटाउन रु.२५०००
- गैर खाद्यतर्फ
१) रोनक वंशल २०० थान ब्लाङकेट
२) रोटरी क्लव अफ मिडटाउन र रोट्राक क्लव अफ मिडटाउन बिर्तामोडबाट ५०० प्याकेट हाइजिन किट
३) आरएसके सेल्टर अभियानबाट १० सामुहिक २५ व्यक्तिगत गरी ३५ सेल्टर बनाउने
राहत वितरण कार्य व्यवस्थित गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने जिल्ला प्रशासन, सुरक्षा निकाय, स्थानिय सरकार, रेडक्रससहित सबैमा अभियानका संयोजक गिरीले धन्यवादसमेत दिएका छन् ।


















