बिर्तामोड ।
इलाका प्रहरी कार्यालय अनारमनी र जिल्ला ट्राफिक प्रहरी कार्यालय झापा बिर्तामोडलाई सामाग्री सहयोग गरिएको छ । जेनजी आन्दोलनपछि क्षतिग्रस्त भवन पुनःनिर्माण र मर्मत सम्भार भइरहेको र कार्यालयलाई आवश्यक दुई थान अफिस टेवल प्राप्त भएको हो ।
देवभूमी झापा यातायात सेवा प्रालिले बुधवार दुई थान टेवल प्रहरी कार्यालय र ट्राफिक प्रहरी कार्यालय पुनःनिर्माणका लागि सहयोग गरेको हो । प्रालिका कार्यालय प्रमुख नविन रिजालले उक्त टेवल कार्यालयमै लगेर हस्तान्तरण गरेका हुन् ।
इलाका प्रहरी कार्यालय अनारमनीका डिएसपी बिजय श्रेष्ठ, भवन पुनःनिर्माण तथा मर्मत सम्भार अभियानका अगुवा बिपिन बजगाँई, पदम श्रेष्ठलगायतलाई उक्त अफिस टेवल हस्तान्तरण गरिएको थियो ।
गत भदौं २३ र २४ गते जेननी आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय अनारमनी र जिल्ला ट्राफिक प्रहरी कार्यालय झापा बिर्तामोडको कार्यालयमा आगजनी र तोडफोडबाट ठूलो क्षति भएको थियो । कार्यालय भवन क्षतिग्रस्त बनेसँगै शान्ति सुरक्षाको चुनौती वढेपछि स्थानीय युवा व्यवसायीहरुको सक्रियतामा भवन पुनःनिर्माण तथा मर्मत सम्भारपछि हाल प्रहरीहरु कार्यालय फर्किएका छन् ।


















