लक्ष्मीपुर । 

झापाका वाढीपिडीतलाई सहयोग जुट्ने क्रम जारी छ । गत असोज १८ देखि २० गतेसम्म परेको अविरल बर्षाका कारण झापामा धेरै परिवार डुवानमा परेर विस्थापित भएका थिए । जिल्ला विपद् व्यवस्थापन समितिसँगको सहकार्य र एकका लागि एक अभियानको अगुवाईमा वाढीपिडीतका लागि राहत संकलन गरिदै आएको छ । 

संकलित रकमबाट पीडित परिवारका लागि राहत प्याकेज तयार गरी जिल्ला विपद् व्यवस्थापन समिति झापालाई हस्तान्तरण भइहेको भन्दै एकाका लागि एक अभियानका संयोजक महेन्द्रकुमार गिरीले सवैलाई धन्यवाद दिएका छन् । 

यसैक्रममा गोमेन्द्र बहुमुखी महाविद्यालय मार्फत प्राचार्य डा. रूपक खनालले एकलाख ५० हजार, कर्मचारी मिलन केन्द्र झापाको तर्फबाट अध्यक्ष सञ्जीवकुमार शाह०एक लाख ५ हजार, सृजन मिडिया ग्रुपका तर्फबाट शिबु मुर्मु, किसन मुर्मुले ६० हजार, पाथीभरा ढुवानी सेवाका तर्फबाट देबेन्द्र केसीले ३५ हजार, ९लायन्स क्लब अफ कनकाई सुरुङ्गा, लायन्स क्लब अफ मेचीनगर, लायन्स क्लब अफ बिर्तामोड स्मार्ट लेडी, लायन्स क्लब अफ  अनारमनी र लायन्स क्लब अफ बिर्तामोड सीटीको तर्फबाट एकमुष्ट एक लाख ५१ हजार रुपैयाँ वाढीपिडतका लागि राहत संकलन भएको बताइएको छ ।

उक्त संकलित रकम बिर्तामोडमा आयोजित एक कार्यक्रमकाबिच शुक्रवार एकका लागि एक अभियानका संयोजक गिरी र प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीलाई  हस्तान्तरण गरिएको थियो ।