चारपाने ।
झापा बिर्तामोड–५ मा मुख्य कार्यालय रहेको ऊँ नमः शिवाय बचत तथा ऋण सहकारी संस्थाको १३ औं बार्षिक साधारणसभा तथा चौथों अधिवेशनबाट अध्यक्षमा पुनः भरतलाल गिरी सर्वसम्मत निर्वाचित भएका छन् ।
संस्थाको आज (शनिवार) बिर्तामोड–२ चारपाने स्थित पर्शुराम पार्टी प्यालेसमा भएको १३ औं बार्षिक साधारणसभा तथा चौथों अधिवेशनबाट गिरी सर्वसम्मत अध्यक्षमा निर्वाचित भएका हुन् ।
सञ्चालक समितिको उपाध्यक्षमा खिलबहादुर गिरी (राजु), सचिवमा चन्द्रप्रसाद गिरी, कोषाध्यक्षमा खड्ग गिरी सर्वसम्मत निर्वाचित भएका छन् । यसैगरी सदस्यमा भुपेन्द्रकुमार गिरी, जीवनाथ गिरी, शिवलाल गिरी, कुलबहादुर गिरी र जानुका गिरी निर्वाचित भएका छन् । यस्तै लेखा सुपरिवेक्षण समितिको संयोजकमा इन्द्रमणि पौडेल, सदस्यमा गोबिन्दबिक्रम गिरी र बालकृष्ण गिरी सर्वसम्मत निर्वाचित भएका छन् ।
हर्कलाल गिरीको संयोजकत्वमा उद्धव पुरी र रमेशचन्द्र पुरी सदस्य रहेको उप–निर्वाचन समितिले निर्वाचन सर्वसम्मत निर्वाचिन गराउँदै निर्वाचित समितिलाई सपथग्रहणसमेत गराएको थियो ।
संस्थाका अध्यक्ष भरतलाल गिरीले कार्यक्रमको उद्घाटन गर्दै संस्थाको प्रतिवेदन प्रस्तुत गरेका थिए । संस्थाका अध्यक्ष भरतलाल गिरीले संस्थाको बित्तिय अवस्थाका बिषयमा जानकारी गराएका थिए । उनका अनुसार संस्थामा गत असार मसान्तसम्म एक हजार ७४१ जना शेयर सदस्य रहेका छन् भने शेयर पुँजी एक करोड ८४ लाख ३ हजार ४००, कोष हिसाव ८० लाख ७७ हजार ४७५ रुपैयाँ ४९ पैसा, निक्षेप रकम १ करोड ३२ लाख २६ हजार ७८६ रुपैयाँ ६५ पैसा, कर्जा लगानी ३ करोड ४२ लाख ४६ हजार ६२५ रुपैयाँ ९० पैसा रहेको छ । संस्थाले यस आर्थिक बर्षमा ६० लाख ६५ हजार ८६५ रुपैयाँ ३४ पैसा आम्दानी गरेको छ भने खर्च ३७ लाख ८१ हजार ४० रुपैयाँ ८१ पैसा गरी २२ लाख ८४ हजार ८२४ रुपैयाँ ५३ पैसा नाफा गर्न सफल भएको अध्यक्ष गिरीले जानकारी दिए ।
स्वागत संस्थाका उपाध्यक्ष खिलबहादुर गिरी (राजु) ले गरेको कार्यक्रममा कोषाध्यक्षको प्रतिवेदन कोषाध्यक्ष खड्ग गिरीले र लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन संयोजक इन्द्रमणि पौडेलले प्रस्तुत गरेका थिए ।


















