चारपाने । 

ऊँ नमः शिवाय बचत तथा ऋण सहकारी संस्थाको १३ औं बार्षिक साधारणसभा तथा चौथों अधिवेशनबाट निर्वाचित सञ्चालक समिति तथा लेखा सुपरिवेक्षण समितिलाई प्रमाणपत्र वितरण गरिएको छ । झापाको बिर्तामोड–५ मा मुख्य कार्यालय रहेको साकोसको गत असोज २५ गते भएको चौथों अधिवेशनबाट निर्वाचित सञ्चालक समिति तथा लेखा सुपरिवेक्षण समितिलाई आज (मंगलबार) निर्वाचन समितिले प्रमाणपत्र वितरण गरेको हो । 

निर्वाचन उप–समितिका संयोजक हर्कलाल गिरीको अध्यक्षतामा भएको प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न भएको थियो ।  संयोजक गिरी र निर्वाचन उप–समितिका सदस्य उद्धव पुरीले निर्वाचित सञ्चालक समिति र लेखा सुपरिवेक्षण समितिलाई खदा र प्रमाणपत्र प्रदान गरेका थिए । कार्यक्रमको सञ्चालन  निर्वाचन उप–समितिका सदस्य रमेशचन्द्र पुरीले गरेका थिए ।  गत असोज २५ गते नै निर्वाचितलाई सपथ ग्रहण गराएपनि प्रमाणपत्र भने आज वितरण गरिएको हो । 

संस्थाका अध्यक्ष भरतलाल गिरीले संस्थाले आगामी कार्यकालका आफ्ना योजनाका बिषयमा जानकारी दिदै सवैको साथ सहयोग आवश्यक रहेकाले साथ र सहयोग पाए संस्थालाई थप उत्कृष्ट बनाउने प्रतिवद्धता जनाएका थिए । सहकारी अभियन्ता तथा संस्थाका पूर्व संरक्षक साथै लेखा सुपरिवेक्षण समितिका सदस्य गोबिन्दबिक्रम गिरीले संस्थालाई उत्कृष्ट बनाउन साथ र सहयोग गर्ने बताएका थिए । कार्यक्रममा साकोसका सञ्चालक समिति सचिव चन्द्रप्रसाद गिरीले पनि आफ्नो भनाई राखेका थिए । 

निर्वाचिनबाट संस्थाको अध्यक्षमा पुनः भरतलाल गिरी, उपाध्यक्षमा खिलबहादुर गिरी (राजु), सचिवमा चन्द्रप्रसाद गिरी, कोषाध्यक्षमा खड्ग गिरी सर्वसम्मत निर्वाचित भएका थिए । यसैगरी सदस्यमा भुपेन्द्रकुमार गिरी, जीवनाथ गिरी, शिवलाल गिरी, कुलबहादुर गिरी र जानुका गिरी निर्वाचित भएका छन् । यस्तै लेखा सुपरिवेक्षण समितिको संयोजकमा इन्द्रमणि पौडेल, सदस्यमा गोबिन्दबिक्रम गिरी र बालकृष्ण गिरी सर्वसम्मत निर्वाचित भएका थिए ।