धरान ।
धरानमा मानवसेवाआश्रमको २७औं सेवाकेन्द्र सञ्चालनमा आएको छ । हिजो रात्रिकालिन सडकसेवा आयोजना गरि धरानका विभिन्न सडकपेटी र सार्वजनिक स्थलहरुबाट उद्धार भएका ९ जना र यस अघिका दिनमा धरानबाट उद्धार विराटनगर शाखामाआश्रय लिइरहेका मध्ये १८ जनालाई आज एक औपचारीक कार्यक्रमका वीच धरान उपमहानगरपालिका वडा नं. १६ सनमार्ग स्थित भाडाको घरमा सञ्चालनमा ल्याईएको २७औं सेवाकेन्द्रमा गृहप्रवेश गराइएको हो ।
कार्यक्रममा धरान उपमहानगरपालिकाका प्रमुख हर्क स्याम्पाङ, धरान उपमहानगरपालिका–१६ वडाका वडाध्यक्ष मुरारी भट्टराइ, १ नं वडाका वडाका वडाध्यक्ष यज्ञमणि आचार्य, राजनीतिक दलका प्रमुख एवं प्रतिनिधिज्यूहरु,पत्रकार महासंघका अध्यक्ष सन्तोष काफ्ले, लायन्स, रोटरी एवं विभिन्न संघसंस्थाका प्रमुख एवं प्रतिनिधिज्यूहरुको बाक्लो उपस्थितिकावीच आज सहयोगापेक्षीहरुको गृहप्रवेश कार्यक्रम आयोजना गरिएको थियो ।
यसअघि विभिन्न समयमा धरानबाट १४१ जना पुरुषर १२ जना महिला गरी १५३ सहयोगापेक्षी सडकआश्रित मानवहरुलाई उद्धार गरी मानवसेवा आश्रम विराटनगर लगायत अन्य शाखाहरुमा लगिएको राखि सेवाप्रदान गरीएको थियो । धरानमै मानवसेवाआश्रमको शाखाविस्तार भइसकेपछि भने अब ताप्लेजुङ, ओखलढुङ्गा, पाँचथर, सोलुखुम्बु र सुनसरी जिल्लाका सहयोगापेक्षीहरुलाई धरान सेवाकेन्द्रबाट सेवा दिइने संस्थाका कोषाध्यक्ष होमनाथ तिमल्सिनाले जानकारी दिए।
मानवसेवाआश्रमले देशभर सात प्रदेशका विभिन्न २१ जिल्काका २७ओटा सेवाकेन्द्र सञ्चालनमा ल्याई ७७ ओटै जिल्लाका सहयोगापेक्षी सडकआश्रित मानवहरुको उद्धार, उपचार, पालनपोषण एवं सम्भव भएकाहरुको पारिवारीक पुनर्मिलन गराउँदै आइरहेको छ । हाल मानवसेवा आश्रमको देशभर रहेका २७ सेवाकेन्द्रमा २००४ जनाआश्रित छन् भने हालसम्म १२२४९ जनाको उद्धार गरिसकेको छ ।


















