बिर्तामोड ।
वीरता लेडी जेसीजले प्रहरी कार्यालय र ट्राफिक प्रहरी कार्यालय पुनःनिर्माणका लागि ५१ हजार रुपैयाँ सहयोग गरेको छ । गत भदौं २३ र २४ गते भएको जेनजी आन्दोलनमा तोडफोड र आगजनीबाट ध्वस्त बनेको इलाका प्रहरी कार्याल अनारमनी र जिल्ला ट्राफिक प्रहरी कार्यालय पुनःनिर्माण तथा मर्मत सम्भार भइरहेको छ ।
वीरता लेडी जेसीज सन २०२५ की अध्यक्ष निशा शाक्यसहित, पूर्व अध्यक्ष, पदाधिकारी तथा सदस्यको टोलीले आज पुनः निर्माण भइरहेको प्रहरी कार्यालयमै पुगेर सो रकम हस्तान्तरण गरेको पुनः निर्माण अभियानका अगुवा तथा सामाजिक ब्यक्तित्व बिपिन बजगाँईले जानकारी दिए ।
वीरता लेडी जेसीजले प्रहरी तथा ट्राफिक प्रहरी कार्यालय पुनः निर्माण तथा मर्मत सम्भार अभियानका अगुवा पदम श्रेष्ठ, विपिन बजगाँई, रमेश चौधरी, इलाका प्रहरी कार्यालय अनारमनीका डिएसपी बिजय श्रेष्ठलाई उक्त रकम हस्तान्तरण गरेका हुन् ।


















