चन्द्रगढी ।

झापाको भद्रपुर–९ स्थित देवकोटा स्मारक संरक्षण समितिले महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११७ औ जन्म जयन्तीका अवसरमा स्रस्टा सम्मानसहित विविध कार्यक्रम सम्पन्न गरेको छ । भद्रपुर–९ को देवकोटा चोकमा रहेको महाकविको सालिकमा माल्यार्पण पछि मुना सामुदायिक भवनको सभा हलमा मङ्लबार उक्त कार्यक्र्म सम्पन्न भएको हो ।

भद्रपुर नगरपालिकाका नगर प्रमुख गणेश पोखरेलको प्रमुख आतिथ्य रहेको कार्यक्रममा कवि, लेखक तथा पत्रकार  राजेश ढुङ्गानालाई नगद २० हजार राशीको मनोरथ दाहाल स्मृति काब्य पुरस्कार प्रदान गरिएको थियो भने कवि गणेशप्रसाद नेपाललाई सम्मान गरिएको थियो । पत्रकार राजबाबु शङ्कर र साहित्यकार लता खरेलले क्रमश सम्मानित स्रस्टा ढुङ्गाना र नेपालको परिचय गराएका थिए ।

सोही कार्यक्रममा झापाको भद्रपुर ९ (हाल अमेरिका) निवासी एआइ प्रबिधिका विशेषज्ञ डा. पर्शुराम दाहालले प्रदान गरेको १० हजारबाट वीरेन्द्र माबिको शैक्षिक सत्र २०८१–८२ मा कक्षा १२ मा उत्कृष्ट जिपिए ल्याउने मनिष राजवंशी र सुप्रभा नेपाललाइ सम्मान पत्रसहित नगद पुरस्कार प्रदान गरिएको थियो । बाल कविता प्रतिगितामा प्रथम, दोस्रो, तेस्रो र सान्त्वना हुने बाल कवि श्रद्धा रेग्मी, सुमन रेग्मी, पुर्णिमा रिमाल र रीमा सापकोटालाई पुरस्कृत गरिएको कार्यक्रममा जीवन ज्योति आधारभुत विद्यालयका विद्यार्थी आकृति तामाङलाई नगद पुस्कारद्वारा सम्मान गरिएको थियो ।

नेपाली साहित्यमा महाकवि लक्ष्मीप्रसाद देवकोटाले पुर्याएको योगदानको बारेमा साहित्यकार होम सुबेदीले प्रकाश पारेको कार्यक्रममा लावन्य कुमारी पोखरेल र लक्ष्मी चुडालले अप्रतियोगी कविता वाचन गरेका थिए । 

देवकोटा स्मारक संरक्षण समिति अध्यक्ष राजु बरालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा भद्रपुर नगर प्रमुख गणेश पोखरेल र नेपाल सरकारका सहसचिव कुमार दाहालले शुभकामना मन्तब्य राखेका थिए । सस्थाका उपाध्यक्ष ज्ञानेन्द्र कटुवालले स्वागत गरेको कार्यक्रमको सन्चालन सचिव युवराज ढकालले गरेका थिए ।