झापा ।  

झापाको गौरीगञ्ज गाउँपालिका–५ फत्तेपुर बोडरबाट लागूऔषधसहित दुई जना पक्राउ परेका छन् । आज (मंगलबार) ४ः३० बजेको समयमा उनी पक्राउ परेका हुन् । 

भारतबाट नेपालतर्फ आउँदै गरेका पैदल यात्री झापा दमक नगरपालिका–३ का २७ बर्षीय निमा दोर्जी तामाङ  र  सोही स्थानका ३८ बर्षीय  सुकबहादुर राईलाई प्रहरीले पक्राउ गरेको हो । 

इलाका प्रहरी कार्यालय गौरीगञ्जबाट गस्तीमा खटिएको  टोलीले  शंका लागेर चेक जाँच गर्दा निमा दोर्जी तामाङको  साथबाट लागुऔषध ब्राउन सुगर जस्तो देखिने लिसाईलो पदार्थ प्लाष्टिक बाहेक ४ ग्राम, ११० मिलि ग्राम फेला पारेको थियो ।

उक्त लागूऔषधसहित नियन्त्रणमा लिएर  इलाका प्रहरी कार्यालय गौरीगञ्जमा ल्याएर थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।