झापा ।
जुवा खेलिरहेको अवस्थामा झापाको बिर्तामोडबाट नौ जना पक्राउ परेका छन् । आज बिहान राथि १२ः४५ बजेको समयमा गोप्य सुचनाको आधारमा बिर्तामोड नगरपालिका–४ पश्चिमबस स्टेण्ड छेउबाट उनीहरु पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा बिर्तामोड–२ का ३८ बर्षीय रतन राजवंशी, सोही स्थानका २६ बर्षीय किशोर पराजुली, ४३ बर्षीय उत्तम शिवाकोटी, ४३ बर्षीय ललो राजन थापा,.बिर्तामोड–३ का ४० बर्षीय डम्बर बस्नेत, सोही स्थानका ४० बर्षीय दिवाकर प्रासाई, बिर्तामोड–५ का ३६ बर्षीय राजेन्द्र चौधरी, बाह्रदशी गाउँपालिका–४ का २९ बर्षीय राजुकुमार साह र मेचीनगर–२ का २८ बर्षीय नारायण पराजुली रहेका छन् ।
बिर्तामोड–स्थित डेरा कोठा लिएर बाह्रदशी गाउँपालिका–४ का २९ बर्षीय राज कुमार साहको डेरा कोठामा जुवा तास खेलिरहेको अवस्थामा इलाका प्रहरी कार्यालय अनामरनीबाट खटिएको प्रहरी टोलीले ७५ हजार ६०० रुपैयाँ र नखोलेको सिलप्याक तास ७ बुङ, खोलेको एक बुङ ताससहित नियन्त्रणमा लिएको थियो ।
उनीहरुलाई आज मुलुकि अपराध संहिता २०७४ अन्तर्गत जुवा कसुरमा अनुसन्धानको लागि जिल्ला प्रशासन कार्यालय झापाबाट दिन ५ म्याद लिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । संकेत तस्वीर


















