हल्दीबारी । 

झापाको हल्दीबारी गाउँपालिकाले पशुहरुमा लाग्ने महामारीजन्य खोरेत रोग बिरुद्धको खोप सञ्चालन गर्ने भएको छ । आर्थिक बर्ष २०८२/०८३ मा कोशी प्रदेश सरकार मार्फत प्राप्त खोरेत रोग बिरुद्धको खोप लगाइने भएको हो । 

हल्दीबारी गाउँपालिका पशुपन्छी तथा मत्स्य बिकास शाखा र सबै वडा कार्यालयहरुवाट पालिका क्षेत्रभित्रका कृषकहरुले पालेका गाई भैंसीहरुमा लाग्ने महामारीजन्य खोरेत रोग बिरुद्धको खोप लगाइने पालिकाले जनाएको छ । 

यहि  कार्तिक २३ गते आइतबारदेखि पशुहरुमा लाग्ने महामारीजन्य खोरेत रोग बिरुद्धको खोप सञ्चालन गरिने पालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर बन (महेन्द्र) द्धारा जारी सूचनामा उल्लेख छ । 

जारी सूचनामा सम्पूर्ण कृषक/पशुपन्छी फार्म/समुह/समिति/टोल बिकास संस्थाहरु/सहकारी संस्थाहरुले हल्दीबारी गाउँपालिका भित्र खोपकर्ताहरुसँग सम्पर्क गरि समयमै आफ्नो पशुबस्तु सुरक्षित राख्ने व्यवस्था गर्नुहुन सम्बन्धित सबैको जानकारी लागि यो सुचना प्रकाशित गरिएको छ ।

khoret