झापा ।
झापाको शिवसताक्षी नगरपालिकास्थित दूधे रङ्गशालामा जारी झापा महिला गोल्डकप फुटबल प्रतियोगिताको उपाधीका लागि आज सशस्त्र प्रहरी बलको एपीएफ क्लब र नेपाल पुलिस क्लब खेल्दैछन् ।
यो खेल झापाको शिवसताक्षीमा रहेको दूधे रङ्गशालामा दिउँसो एक बजे शुरू हुने आयोजकले जनाएको छ । नेपाल पुलिस क्लबले सङ्कटा एफसीलाई र एपीएफले नेपाल आर्मीलाई हराउँदै फाइनल प्रवेश गरेका हुन् ।
प्रतियोगिताको विजेताले १० लाख १० हजार रुपैयाँ र दोस्रो हुने टोलीले पाँच लाख रुपैयाँ पाउने आयोजकले जनाएको छ ।


















