चन्द्रगढी ।

झापाको भद्रपुर–१० निवासी कवि गणेशप्रसाद नेपालको १० औं पुन्य तिथिका दिन शुक्रबार चन्द्रगढीमा श्रद्धाञ्जली सभा सम्पन्न भएको छ । वर्तमान साहित्य प्रतिष्ठानका सस्थापक अध्यक्ष साहित्यकार डा. रत्नमणि नेपाल समेतका बुवा कवि गणेशप्रसाद नेपालको कार्तिक १९ गते उपचारको क्रममा काठमाडौमा निधन भएको हो ।

बि.स. २००१ साउन २९ गते जन्मिएका कवि गणेशप्रसाद नेपालका परदेसको ब्यथा (गीती काब्य), बाच्नुको एउटा जीवन (आत्मकथा) र समयका कविता (कविता संग्रह) प्रकाशित छन भने गुणीको गाना (गीती काब्य) र देवाली पुजा विधि (सस्कृती)  प्रकाशोन्मुख रहेका छन् ।

वर्तमान साहित्य प्रतिष्ठानको आयोजनामा चन्द्रगढी स्थित मेची टुरिजम एन्ड हस्पिटालिटी कलेजको सभा हलमा सम्पन्न श्रद्धाञ्जली सभामा साहित्यकार होम सुबेदी, देवीचरण भण्डारी, सस्थाका पूर्व अध्यक्ष राजु बराल र कृष्ण अनमोलका साथै नगर कला, साहित्य, सङ्गित प्रतिष्ठान भद्रपुरका कार्यवाहक अध्यक्ष फणिन्द्र पोखरेलले कवि नेपालले नेपाली साहित्यमा पुर्याएको योगदानको बारेमा चर्चा गरेका थिए ।

वर्तमान साहित्य प्रतिष्ठानका अध्यक्ष डिल्लीरमण नेपालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सन्चालन महेन्द्र कोइरालाले गरेका थिए ।