झापा ।
झापाको झापा गाउँपालिका–५ पन्थापडाका अन्दाजी २० बर्षीय अडसाद अलिलाई लागूऔषधसहित पक्राउ गरिएको छ । उनलाई बुधवार साँझ ७ः२८ बजेको समयमा नियन्त्रणमा लिइएको हो ।
बाह्रदशी गाउँपालिका–३ राजगढबाट चारपानेतर्फ जाँदै गरेको मोटरसाइकल नम्बर मे ८ प ८१४० विशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय झापा र लागुऔषध नियंत्रण व्यूरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले चेक जाँज गर्दा उनको साथबाट लागूऔषध ब्राउन सुगर फेला परेको थियो ।
उनको साथबाट फेला परेको ब्राउन सुगर जस्तो देखिने लिसाईलो पदार्थ पाँच पोका प्लास्टिक बाहेक ६३ ग्राम ०२० मिलिग्राम रहेको प्रहरीले जनाएको छ । उक्त लागूऔषधसहित उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।


















