- रन्जित परियार
बुट्टावारी ।
राइडर्स महफिल बिराटचोकले कवि अभागी थेगुवालाइ नगदसहित सम्मान गरेको छ । महफिलको आठौँ शृङ्खलामा कबि मन बहादुर लिम्बु (अभागी थेगुवा) लाई नगद सहित संमान गरिएको हो ।
थेगुवाको कृति सपनाको बहि देश अवस्था अनुसार निकै राम्रो कृतिमा पर्न गैइ सम्मानित भएको छ । कबिको मेहेनत र लगनशीलताको कदर गर्दै समारोहमा डा। दीपक न्यौपाने, पुरन याख्खा, केशु विरही, रमेश निरौला, किशोर कोइराला, नवराज पोखरेल नवशिला, विवश बलिभद्र कोइराला, सुविद गुरागाईं, सुरेश सुवेदी, गीता घिमिरेलगायतका ले थेगुवालाइ शुभकामना व्यक्त गर्नु भएको थियो ।
प्रबुद्ध व्यक्तित्वहरूका साथै सयौँ साहित्यकार तथा साहित्यप्रेमीहरूको समुपस्थितिमा एउटा पहरामा फुलेको फूलजस्ता निष्काम साधक अभागी थेगुवालाई नगदसहित सम्मानपत्रद्वारा सम्मानित गर्नु कार्यक्रमको अर्को प्रशंसनीय पक्ष हो रहेको उपस्थित कवि साहित्यकारहरुले बताए।
यति मात्र होइन, बालबगैँचा मन्टेस्वरीका साना साना फूलका कोपिला जस्ता नानीबाबुहरूका तोतेबोलीमा नारायण गोपाल, तारादेवी, अरुणा लामा जस्ता आदर्श गायकहरूले गाएका कालजयी गीतहरूको प्रस्तुति त झनै अद्भुत थियो साथै निर्जला दाहाल, समीक्षा दाहाल, सोफिया बिष्ट, अनु पाण्डे जस्ता बालप्रतिभाहरूको साङ्गीतिक प्रस्तुतिले सिङ्गो हललाई चकित बनाएको थियो ।
राइडर्स महफिलका अध्यक्ष खेमराज दाहालको अध्यक्षतामा सञ्चालित कार्यक्रमको प्रमुख अतिथि प्रा.डा. देबि नेपाल रहेका थिए । कार्यक्रमको ब्यवस्थापनमा यादव भट्टराई र जे बि थुलुङ्गले स्वागत गरेको कार्यक्रमको सहजीकरण भरत बर्बरितले गरेका थिए ।


















