झापा ।
झापाको बिर्तामोड नगरपालिका–३ सैनिकमोडबाट लागूऔषधसहित एक जना पक्राउ परेका छन् । प्रहरी चौकी बिर्ताबजारबाट खटिएको प्रहरी टोलीले बुधवार साँझ ६ बजेको सयामा ती व्यक्तिलाई नियन्त्रणमा लिएको हो ।
बिर्तामोड–३ सैनिकमोडका ३५ बर्षीय प्रफुल्ल राजवंशीलाई शंका लागेर चेकजाँच गर्दा उनको साथबाट कालो प्लाष्टिकमा पोका पारेको लागुऔषध ब्राउन सुगर जस्तो देखिने लिसाईलो पदार्थ फेला परेको थियो ।
उक्त लागूऔषध मान्यता प्राप्त डिजिटल तराजुमा तौल गर्दा प्लाष्टिक बाहेक ४ ग्राम र नेपाली र भारतीय नगद सहित नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय अनारमनीमा राखेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

















