चन्द्रगढी ।

झापाको भद्रपुर–९ स्थित प्रकाश एकता कृषि सहकारी संस्थाको अध्यक्षमा चन्द्रबहादुर कार्की सर्वसम्मत निर्वाचित भएका छन् । प्रकाश एकता कृषि सहकारी सस्थाको शनिबार सम्पन्न अठारौ साधरण सभाले अध्यक्ष कार्कीलाई सर्वसम्मत निर्वाचित गरेको हो ।

नव गठित समितिमा उपाध्यक्ष शालिग्राम नेपाल, सचिव दिवाकर मैनाली र कोषाध्यक्ष यामप्रसाद खरेल (राम) का साथै सदस्यमा शारदा दाहाल, दुर्गा सुबेदी, माया केसी रिजाल, शिव सापकोटा र ऋषिराम सुबेदी सर्वसम्मत निर्वाचित भएका छन् । सोही साधरण सभाले खड्गप्रसाद दाहालको सम्योजकत्वमा पार्वती मल्ल र सोनम श्रेष्ठ सदस्य रहने गरी लेखा समित समेत गठन गरेको छ ।

भद्रपुर नगरपालिकाका उपप्रमुख राधा कार्कीको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा ज्येष्ठ नागरिक बिष्णुप्रसाद शिवाकोटी र बुद्धमाया रुचालका साथै जयरानी भुजेल, तोयानाथ नेपाल, देवमाया खवास, प्रेमप्रसाद मैनाली, भीम कुवर, राजेनसिंह राजवंशी,  मनिष गुरागाइ र मल्लिका गुरागाइलाई सम्मान गरिएको थियो ।

प्रकाश एकता कृषि सहकारी सस्थाका अध्यक्ष गोपालप्रसाद श्रेष्ठले सस्थाको नीति, कार्यक्रम प्रस्तुत गरेको कार्यक्रममा आर्थिक प्रतिबेदन र लेखा प्रतिबेदन प्रस्तुत गरिएको थियो । सस्थाका अध्यक्ष गोपालप्रसाद श्रेष्ठको अध्यक्षता  र शालिग्राम नेपालको सन्चालन रहेको कार्यक्रममा भद्रपुर नगरपालिका उप–प्रमुख राधा कार्कीले शुभकामना मन्तब्य राखेकी थिइन् ।