झापा । 

झापा दमक नगरपालिका–३ बेलडाँगी शिविरमा धारिलो हतियार प्रहार गर्ने पक्राउ परेका छन् ।  सेक्टर ए ३ हट नं. २०० का २९ बर्षी प्रदिप बिश्वकर्मालाई सोही शिविर सेक्टर डी २ हट नं. १६६ का ४८ को मंगलसिंह राईले खुकुरी प्रहार गरेका थिए । 

गएराति ८ बजेको समयमा सामान्य बाद बिवादको कारण एक्कासी खुकुरीले घाटीको बायाँ साईडतर्फ प्रहार गरी घाईते भएका थिए । घाईतेलाई उपचारको लागि दमक अस्पताल दमकमा ल्याएर उपचार भईरहेको र अवस्था बोल्न सक्ने मध्यम रहेको प्रहरीले जनाएको छ । 

इलाका प्रहरी कार्यालय दमकबाट खटिएको टोलीले खुकुरी प्रहार गर्ने मंगलसिंह राईलाई खुकुरीसहित नियन्त्रणमा लिएर इप्रका दमकमा ल्याएर राखिएको छ भने घटनाका बिषयमा थप अनुसन्धान  भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।