झापा ।
झापा मेचिनगर नगरपालिका–६ काँकरभिट्टाको ताज होटल अगाडी सडक खण्डबाट लागूऔषधसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा दाङको राप्ती गाउँपालिका–७ का २९ बर्षीय बेगमबहादुर खत्री र भोजपुरको भोजपुर नगरपालिका–२ जन्म स्थान घर भई हाल मोरङको रंगेली नगरपालिका–३ बस्ने २१ बर्षीय डम्बर बहादुर रोक्कालाई पक्राउ गरिएको हो ।
इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले बुधवार साँझ ५ः३५ बजे उनीहरुमाथि शंका लागेर शरिर तलासी गर्दा रोक्काको साथबाट लागुऔषध खैरो हेरोईन फेला परेको थियो । उनको साथबाट प्लाष्टिक बाहेक ३ ग्राम ४०० मिलिग्राम लागुऔषधसहित खत्रीलाई पनि नियन्त्रणमा लिएको हो ।
उक्त लागुऔषध दुव जना र उनीहरुको मोवाईल समेत नियन्त्रणमा लिएर आवश्यक कारवाहीको लागि इलका प्रहरी कार्यालय काँकरभिट्टामा ल्याई राखिएको र थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।


















