मोरङ।
मोरङको रतुवामाई नगरपालिका–१बाट ६ सय ७८ किलोग्राम लागूऔषध गाँजा बोकेको ट्रकसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
बिशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय सिजुवाबाट खटिएको प्रहरी टोलीले आइतवार प्र.१–०१–००१ख ३८२५ नम्बरको ट्रकलाई चेकजाँच गर्दा उक्त ट्रकमा फल्स डाला जोडी लुकाई छिपाई राखेको अबस्थामा ६७८ किलोग्राम लागू औषध गाँजा बरामद गरेको हो ।
गँजा बरामद भएसँगै ट्रक चालक धनकुटा सहिदभूमि गाउँपालिका–२ का समेल राई र सोही ट्रकमा सवार सहिदभूमि गाउँपालिका–१ का विक्रम विशुङ्खेलाई समेत नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।


















