हल्दीवारी ।
झापाको हल्दीबारी गाउँपालिकामा अपाङ्गताको क्षेत्रमा काम गर्ने बंगला देशको टोली अवलोकन भ्रमणका लागि आएको छ । बंगला देशका फ्रेण्डसिप ग्रुप संस्थाका मो.मेटियर रहमानको नेतृत्वमा आज (मंगलबार) पदाधिकारीहरू अवलोकन भ्रमणमा आएका हुन् ।
हल्दीबारी गाउँपालिका, सामाजिक विकास मन्त्रालय र करूणा फाउन्डेसनको संयुक्त लगानीमा अपाङ्गता रोकथाम तथा पुर्नस्थापना सम्बन्धी कार्यक्रम २ वर्षदेखि पालिकामा सञ्चालन भइरहेको छ ।
हल्दीबारीमा अपाङगता भएका व्यक्तिहरूका लागि के कस्ता कार्यक्रम सञ्चालन छन ? पुर्नस्थापनाका लागि भएका प्रयासहरू बारे महिला बालबालिका शाखा प्रमुख तृष्णा थापाले प्रस्तुतीकरण गगरेकी थिइन् । बंगलादेशको टोलीले राखेका केही जिज्ञासाहरू बारे गाउँपालिका अध्यक्ष रविन्द्रप्रसाद लिङदेनले जवाफ दिएका थिए ।
कार्यक्रममा पालिकाकी उपाध्यक्ष लक्ष्मीदेवी मैनाली, प्रमुख प्रशासकीय अधिकृत मानबहादुर बन (महेन्द्र), जनप्रतिनिधिहरू, कर्मचारीहरू, करूणा फाउन्डेसनका पदाधिकारीहरू, मिलिजुली समुहका पदाधिकारीहरू लगायतको उपस्थिति रहेको योजना शाखा प्रमुख राजन न्यौपानेल जानकारी दिए ।


















