चकचकी ।
झापाको बिर्तामोड–५ मा मुख्य कार्यालय रहेको श्री रामजानकी बचत तथा ऋण सहकारी संस्थाको १७ बार्षिक साधारण सभा अन्तरगतको एकाईगत साधारणसभा सम्पन्न गरेको छ ।
साकोसले आज (बिहीवार) बिर्तामोड, सुरुङ्गा, हल्दिबारी, चकचकी र कामाटोलीस्थित सेवा केन्द्रमा एकै दिन ५ वटा एकाईमा एकाईगत साधारणसभा सम्पन्न गरेको हो ।
बाह्रदशी गाउँपालिकास्थित चकचकीमा भएको एकाईगत साधारणसभामा अध्यक्षको प्रतिवेदन संस्थाका अध्यक्ष भीमप्रसाद राजवंशीले प्रस्तुत गरेको थिए । आर्थिक प्रतिवेदन संस्थाका कोषाध्यक्ष जीवन सुवेदीले प्रस्तुत गरेको कार्यक्रममा लेखा प्रतिवेदन एकाई समिति संयोजक ज्ञानेन्द्रप्रसाद पोखरेलले प्रस्तुत गरेका थिए ।
सवै प्रस्तुत गरिएको प्रतिवेदन अनुमोदनसमेत गरिएको, आर्थिक बर्ष ०८२/०८३ को नीति तथा कार्यक्रम र अनुमानित बजेट अनुमोदन गरिएको, चालु आर्थिक बर्ष०८२/०८३ को लागि लेखा परिक्षक नियुक्ती र पारिश्रमिकतोक्ने बिषयमा छलफल गरिएको, माईन्यूट प्रमाणित गर्न प्रतिनिधी चयन गरिएको साथै विविध बिषयमा छलफल भएको व्यवस्थापक शुक्रराज भण्डारीले जानकारी दिए ।
यसैगरी चकचकीमा भएको एकाईगत साधारणसभाका अवसरमा उत्कृष्ट बचतकर्ताका रुपमा भगीरथा शाह र असल ऋणिका रुपमा हेला राजवंशीलाई सम्मानसमेत गरिएको थियो ।
संस्थाका एकाई समिति संयोजक ज्ञानेन्द्रप्रसाद पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा बाह्रदशी गाउँपालिका वडा नम्बर ४ का वडाध्यक्ष महताव आलमको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा सामाजिक ब्यक्तित्व दयानन्द गोस्वामी, उक्थान अली, खेमकुमार शाहलगायतको आतिथ्य रहेको थियो ।
स्वागत संस्थाका कार्यकारी प्रमुख दलबहादुर कार्कीले गरेको कार्यक्रमको सहजीकरण संस्थाका व्यवस्थापन शुक्रराज भण्डारीले गरेका थिए । ९ हजार १७७ जना शेयर सखस्य रहेको संस्थाको शेयर पुँजी १ करोड ६२ लाख १८ हजार ४०० रुपैयाँ रहेको व्यवस्थापक शुक्रराज भण्डारीले जानकारी दिए । संस्थाको अन्तिम माइन्यूट प्रमाणीकरण सभा बिर्तामोडस्थित आदर्श ब्याङ्क्वेटको सभाहलमा मंसीर २७ गते हुने बताइएको छ ।


















