लक्ष्मीपुर । 

झापाको अर्जुनधारा नगरपालिका–५ मा रहेको पाण्डव बचत तथा ऋण सहकारी संस्थाले १३ औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ । संस्थाले आज (शनिवार) बिहीवारे बजारस्थित सामुदायिक भवनमा साधारण सभा सम्पन्न गरेको हो । संस्थाका अध्यक्ष पुष्पबहादुर घलेको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष अर्जुन रेग्मीको प्रमुख आतिथ्य रहेको थियो । 

साधारणसभा काअवसरमा संस्थाले तीन जनालाई सम्मान गरेको छ । संस्थाल असल बचत कर्ताका रुपमा उदयबहादुर बन, उत्कृष्ट ऋणिका रुपमा सिता विश्वकर्मा, जेष्ठ शेयर सदस्यका रुपमा जीवनाथ ढुङ्गेललाई सम्मान गरेको छ । सम्मानीत ब्यक्तित्वहरुलाई कार्यक्रमका प्रमुख अतिथि रेग्मी, सल्लाहकार इन्द्रमणि पौडेल, अध्यक्ष घले, उपाध्यक्ष देवीकुमारी घिमिरे, लेखा समिति संयोजक उमाकान्त लम्साल, संस्थाकी लेखापाल भीमा भट्टराईलगायतले सम्मान गरेका थिए । 

संस्थाका अध्यक्ष घलेले प्रस्तुत गरेको प्रतिवेदन अनुसार आर्थिक बर्ष २०८१/०८२ सम्ममा एक हजार ३९३ शेयर सदस्य र एक करोड २७ लाख २१ हजार ८०० रुपैयाँ रहेको छ । निक्षेप ३ करोड ६८ हजार ३११ रुपैयाँ, कर्जा लगानी ३ करोड ६६ लाख ९ हजार १७७ रुपैयाँ रहेको अध्यक्ष घलेद्धारा प्रस्तुत प्रतिवेदनमा उल्लेख छ ।  

स्वागत उपाध्यक्ष देवीकुमारी घिमिरेले गरेको कार्यक्रममा प्रमुख अतिथि रेग्मी, सल्लाहकार इन्द्रमणि पौडेललगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन संस्थाका सचिव अर्जुन निरौलालले गरेका थिए ।