झापा । 

दुईजना नाबालिकालाई बोलाएर एउटै घरमा जवर्जस्ती करणी गर्ने भद्रपुरका दुई जना युवक पक्राउ परेका छन् । उनीहरुले नाबालिकाहरुलाई ललाई फकाई जवर्जस्ती करणी गरेका थिए । करणीपछि एक जना पक्राउ परेका थिए भने एक जना फरार रहेका थिए । 

तीन दिनअघि अर्थात मंसिर २८ गते दिउँसो भद्रपुर नगरपालिका–५ स्थित अक्षय सापकोटाको घरमा अक्षय सापकोटा र सोही स्थानका २३ बर्षीय विवेक राईले १५ र १३ वर्षका दुई नाबालिकालाई ललाई फकाई सोही घरको अलग–अलग कोठामा जवर्जस्ती करणी गरेका थिए।

पीडितका आफन्तले  मंगलबार जाहेरी दिएपछि प्रहरीले विवेक राईलाई मंगलबार नियन्त्रणमा लिएको थियो भने अक्षय सापकोटा फरार रहेका थिए ।  खोजतलासकै क्रममा  आज (बुधवार) अक्षय सापकोटा पनि पक्राउ परेका  जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।