झापा । 

झापाको मेचीनगर नगरपालिका वडा नम्वर–१३ हातेमालो सामुदायिक वन भित्र जंगली हात्तीले आक्रम गर्दा एक जना घाइते भएको छ । सोही स्थानका अन्दाजी २६ बर्षीय आकाश दाहाललाई जंगली हात्तीले आक्रमण गरेको थियो । 

दाहाललाई बुधवार साँझ ६ बजेको समयमा दाउरा लिन गएको बेला वनबाट अचानक एउटा जंगली हात्ती निस्कीएर आक्रमण गरी घाइते बनाएको थियो । 

घाइते उनको बीएण्डसी अस्पताल बिर्तामोड झापामा उपचार भइरहेको छ । उनको दाहिने खुट्टामा चोट बोल्न सक्ने अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । घटनास्थल तर्फ प्रहरी चौकी चारआलीको गएको र हात्ती जंगलतर्फ भागेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।