बिर्तामोड । 

झापा बिर्तामोड–३ को लिङ्कन मन्टेश्वरीले बालबालिकाको आँखा परिक्षण गरेको छ । बिर्तामोड आँखा अस्पतालको प्राविधिक सहयोगमा आज (बिहीवार) एकदिने निःशुल्क आँखा, कान  स्वास्थ्य शिबिर सञ्चालन भएको हो ।

आँखा स्वास्थ्य शिविरमा मन्टेश्वरीमा अध्ययनरत विद्यार्थी, अभिभावक, स्थानीय गरी ८० बढीको आँखा परिक्षणसहित औषधिसमेत वितरण गरिएको बिर्तामोड गरिएको स्कुलका सञ्चालक सरोज पौडेलले जानकारी दिए । 

विद्यार्थीहरुको आँखामा हुने सक्ने  रोगहरुको पहिचान गरी उपचार गराउनमा समन्वय गर्ने उद्देश्यले मन्टेश्वरीले आँखा शिविर सञ्चालन गरेको लिङ्कन मन्टेश्वरीका सञ्चालक पौडेलले जानकारी दिए । उनले मोवाइल र टेलिभिजनको बढ्दो  प्रयोगले विद्यार्थीहरूको आँखामा पर्न सक्ने समस्यालाई निराकरण गर्न प्रत्येक बर्ष विद्यालयले स्वास्थ्य शिबिर गरिरहेको सन्चालक पौडेलको भनाई छ ।