बिर्तामोड ।
बिर्तामोड नगर खेलकुद विकास समितिले आयोजना गरेको छैटौ वडा स्तरीय नकआउट फुटबल प्रतियोगिताको बिहीबार भएको खेलबाट वडा नं. १० फाइनलमा प्रवेश गरेको छ । पहिलो सेमिफाइनलमा वडा नं. ७ लाई ३–१ गोल अन्तरले हराउदै वडा नं. १० फाइनलमा प्रवेस गरेको हो । वडा नं. १० ले उपहार गोल मार्फत गोलको खाता खोलेको थियो । पहिलो हाफमा सौरभ लिम्बू र सुजन लिम्बुले सौरभ लिम्बू गोल गर्दै खेल ३–० को अवस्थामा पुरयाएका थिए ।
दोस्रो हाफमा वडा न ७ ले सुधारिएको प्रदर्शन गर्यो । विपक्षी टिमलाई दोस्रो हाफमा वडा न ७ ले दवावमा राखेको थियो । खेलको अन्तिम समयमा नितेश लिम्बुले वडा न ७ का लागि सान्त्वना गोल गरेका थिए । खेलको प्लेयर अफ द म्याच बिजेता टिम बिर्तामोड–१० का सौरभ लिम्बु भए । उनले नगद १ हजार ५०० रुपैया पुरस्कार पाए । शुक्रबारको अन्तिम सेमिफाइनल खेल वडा न ३ र वडा न ५ बीच हुने छ ।
सडन डेथमा बिर्तामोड–६ लाई हराउँदै बिर्तामोड–१० सहिद नेत्र पार्क खेलमैदानमा आयोजित दोस्रो नगरस्तरीय नकआउट भेट्रान्स फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । निर्धारित ५० मिनेटको खेल २–२ को बराबरीमा सकिएपछि खेल टाईब्रेकरमा गएको थियो । टाईब्रेकरमा पनि खेल ४–४ को बराबरी भएको थियो । त्यसपछि भएको सडन डेथमा बिर्तामोड–१० का नगेन श्रेष्ठले गोल गरे भने बिर्तामोड–६ का उज्जवल भटराईको प्रहार बारमा लागेर बाहिरिएको थियो ।
खेलको सुरुवातमै १० ले उपहार मार्फत गोलको खाता खोलेको थियो । तथ्यांक ६ ले लगातार दुई गोल गर्यो । ६ का प्रविन राई र बालकुमार राईले गोल गरेर खेलको नतिजा २–१ मा पुर्याए । खेलको केही सेकेण्ड बाँकी रहदा गणेश कटवालले १० का लागि गोल गरेपछि खेल पेनाल्टी तर्फ धकेलिएको थियो ।
पेनाल्टीमा १० का प्रवेश कटवाल गोल गर्नबाट चुके भने सन्तोष गुरुङ, दिलेन लोक्ताम, गणेश कटवाल र सन्तोष गुरुङले गोल गर्न सफल भएका थिए । ६ का प्रविन राई, बालकुमार राई, आशिष वन र असित तामाङको प्रहारले जाली चुम्यो । श्याम बहादुर राईको प्रहार बाहिरियो । खेलको प्लेयर अफ द म्याच १० का गोल किपर सन्तोष गुरुङ भए । उनले नगद १ हजार ५ सय रुपैया पुरस्कार पाए । शुक्रबारको अर्को सेमिफाइनल खेल बिर्तामोड–५ र बिर्तामोड–३ बीच हुने छ ।


















