झापा ।
झापा भद्रपुर नगरपालिका–८ किरात भवन अगाडि लडिरहेको अवस्थामा फेला परेका एक जना पुरुषको मृत्यु भएको छ । तत्काल नाम थर वतन नखुलेको अन्दाजी ५०/५५ बर्षीयको पुरुष मानिसको गएराति ८ः२० बजेको समयमा मृत्यु भएको हो ।
भद्रपुर–८ किरात भवन अगाडि गत पुस ७ गते राति १०ः५० बजेको समयमा लडिरहेको अवस्थामा पुरुष मानिसलाई उद्दार गरी तत्काल उपचारको लागि प्रादेशिक अस्पताल भद्रपुरमा लगेर उपचार भई रहेकोमा थियो ।
उपचारकै क्रममा मृत्यु भएको र शब सोही अस्पतालमा रहेको, हालसम्म आफन्त तथा नातेदारहरु कोही फेला नपरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

















