बिर्तामोड । 

 इलाका प्रहरी कार्यालय अनारमनीलाई एक थान प्रिन्टर एक थान प्रिन्टरको कारेस सहयोग प्राप्त भएको छ । झापाको बिर्तामोड–४ स्थित पावरटेक इलेक्ट्रोनिक एण्ड कम्युटरले आज (आइतवार) उक्त सामाग्री प्रहरी कार्यालयलाई हस्तान्तरण गरेको हो । 

पावरटेकका प्रोपाइटर आलोक मेचेले उक्त सामाग्री इलाका प्रहरी कार्यालय अनारमनीका डिएसपी बिजय श्रेष्ठ, प्रहरी भवन पुनः निर्माण तथा मर्मत सम्भारका अगुवा बिपिन बजगाँई, पदम श्रेष्ठ, लाई हस्तान्तरण गरिएको थियो । उक्त कार्यक्रममा व्यवसायी मिकी कार्कीको पनि सहभागीता रहेको थियो   

गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनी भएको इलाका प्रहरी कार्यालय अनारमनी र जिल्ला ट्राफिक प्रहरी कार्यालयलाई पुनः निर्माण तथा मर्मत समभार गरिएको छ भने आवश्यक सामाग्री सहयोग जुट्ने क्रम जारी रहेको सामाजिक अभियन्ता बिपिन बजगाँईले जानकारी दिए ।