विराटनगर।
मोरङको इलाका प्रहरी कार्यालय बेलबारी र केराबारीको संयुक्त प्रहरी टोलीले एम्बुलेन्समा लगिदै गरेको ५२१ किलो लागू औषध गाँजा बरामद गरेको छ भने हवाई फायर गरी २ जनालाई नियन्त्रणमा लिएको छ ।
विशेष सूचनाको आधारमा गएराति केराबारी गाउँपालिका–५ स्थितमा चेकजाँचमा खटिएको प्रहरी टोलीलाई देख्नासाथ प्र.१–०६–००१ झ ०००४ नम्बरको एम्बुलेन्सलाई छोडेर मानिसहरु भान्न खोजे पछी प्रहरीले हवाई फायर गरी धनकुटा शहिदभुमी–६ का निश्चल राई र सागुरिगढी–२ का खगेन्द्र लिम्बुलाई नियन्त्रणमा लिएको छ ।
एम्बुलेन्स भित्र १६ वटा पोका बनाएर लुकाई छिपाई राखेको ५ सय २१ किलोग्राम लागूऔषध गाँजा समेत प्रहरीले बरामद गरेको छ । पक्राउ परेका उनीहरुको थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।


















