झापा ।
झापा बिर्तामोड–१ सुर्यनगर टोल काली मन्दिरबाट लागूऔषधसहित एक जना पक्राउ परेका छन् । सोही स्थानका ४० बर्षीय अजय राजवंशीको घर कोठामा लागुओषध कारोवार भई रहेको भन्ने बिशेष सुचनाको आधारमा प्रहरीले आज (मंगलबार) दिनको १ः३० बजेको समयमा छापा मारेको थियो ।
इलाका प्रहरी कार्यालय अनारमनीबाट र लागुऔंषध ब्युरो काँकरभिट्टाबाट खटिएको संयुक्त टोलीले चेक जाँच गर्दा अजय राजवंशीको साथबाट र घर कोठा भित्र लुकाई छिपाई राखेको ब्राउन सुगर जस्तो देखिने खैरो लिसाईलो पदार्थ प्लास्टिक बाहेक १२३ ग्राम १८० मिलिग्राम फेला पारेको थियो ।
साथै उनको साथबाट नेपाली नोट दुई लाख ६७ हजार, भारतीय नोट २९ हजार ५००रुपैयाँ डिजिटल तराजु एक थान, एक थान कैँची, एक थान चक्कु, २ थान मोबाईल फेला पारेको थियो ।
उक्त सामाग्रीसहित राजवंशीलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय अनारमनीमा ल्याई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।


















