झापा ।
जेनजी आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय दमकको हिरासत कक्षबाट भागेका थुनुवा पक्राउ परेका छन् । गत भदौं २४ गते फरार भएका थुनुवा आज (बुधवार) ३ः१० बजेको समयमा पक्राउ परेका हुन् ।
लागुऔषध मुद्दाका झापा गौरादह नगरपालिका–१ का १९ बर्षीय करण यादवलाई दमक नगरपालिका–६ थानारोडबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएर इप्रका दमकमा ल्याएर थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

















