झापा ।
झापाको दमक–५ बाट चार जना चोर पक्राउ परेका छन् । मोटरसाइकल र सिटी सफारी प्रयोग गरी लुट्ने चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो । गत पुस २४ गते दमक–५ लालिगुँरास टोलका सुमन लिम्बुको ५ बर्षीया प्यारोन लिम्बु आफ्नै घर अगाडी बाटोमा खेल्दै गरेको अवस्थामा अभियुक्तहरुले प्र.१–०१–००१ ह ८३८५ नम्बरको सिटि सफारी प्रयोग गरी ती बालिकाले कानमा लगाएको सुनको रिङ नेलकटले काटी लुटेर सोही सिटि सफारी प्रयोग गरी फरार भएका थिए ।
पक्राउ पर्नेमा साविक दमक–८ अन्दाजी १८ बर्षीय संजय माझी, दमक–७ का १८ बर्षीय निश्चल विश्वकर्मा, साविक दमक–६ का ३८ बर्षीय मेघराज मेहेत्तर र भारत कलक्ता घर भई हाल दमक–६ बस्ने ५३ बर्षीय रिटन दास रहेका छन् ।
उनीहरुलाईलाई शुक्रवार अन्दाजी ४ दिनको बजेको समयमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको टोलीले सिटी सफारीसहित नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । उनीहरुलाई खोजतलास गर्ने क्रममा दमक–६ वडा कार्यालय अगाडीबाट नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय दमकमा ल्याई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।


















