घैलाडुब्बा । 

झापाको बिर्तामोड–२ चारपानेमा मुख्य कार्यालय रहेको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाको घैलाडुब्बा सेवा केन्द्रले २ लाख ५० हजार ऋण मिनाहा गरेको छ । 

संस्थाको कर्जा संरक्षण ऋण मिनाह कार्यक्रम अन्तरगत आज (शनिवार) सदस्य निरा ढकालका श्रीमान मनोरथ ढकालको मृत्युपछि ऋण मिनाहा गरिएको सेवा केन्द्र प्रमुख निर्मला प्रसाईले जानकारी दिइन् । सिरुवा सहारा महिला समुह नम्बर २ की सदस्य ढकाललाई सो ऋण मिनाह गरिएको हो । 

सेवा केन्द्र सहयोग उपसमिति सदस्य गोबिन्द उप्रेतीको अध्यक्षतामा भएको कार्यक्रममा कनकाई नगरपालिका वडा नम्बर ९ का वडा सदस्य तथा परिषद सदस्य तारा दर्नालको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा ढकाललाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरिएको थियो । 

कार्यक्रममा सेवा केन्द्र प्रमुख निर्मला प्रसाई, कर्मचारी किरणदेवी यादव, रबिनाकुमारी चौधरीको उपस्थिसत रहेको थियो ।