झापा । 

झापाको गौरीगञ्जबाट लागूऔषधसहित तीन जना पक्राउ परेका छन् । गौरीगंज गाउँपालिका– २ टटुवामारीबाट सोही स्थानका ३४ बर्षीय मानफ कुमार मेहत्तालाई गोप्य सुचनाको आधारमा प्रहरीले नियन्त्रणमा लिएको हो । 

 आज (आइतवार) अन्दाजी ४ः३० बजेको समयमा इलका प्रहरी कार्यालय गौरीगञ्जबाट खटिएको टोलीले चेकजाँच गर्ने क्रममा उनको साथबाट  प्लाष्टिक बाहेक ३ ग्राम २५० मिलि ग्राम र उनको घर खान तलासी गर्दा  प्लाष्टिक बाहेक ३ ग्राम ७५० मिली ग्राम ब्राउन सुगर जस्तो देखिने लिसाइलो पदार्थ फेला पारेको थियो । लागुआौषध सहित उनलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय गौरीगंजमा ल्याई थप अनुसन्धान भईरहेको छ । 

यसैगरी शनिवार राति ९ः३० बजेको समयमागौरीगञ्ज–६ मुस्लिम टोलका अन्दाजी २२ बर्षीय मोहमद रहिम मिँया र सोही स्थानका अन्दाजी १८ बर्षीय सक्षम उप्रेतीलाई लागूऔषधसहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । 

इप्रका गौरीगञ्जबाट गस्तीमा खटिएको टोलीले शंका लागी चेक जाँच गर्ने क्रममा मोहमद रहिम मिँयाको साथबाट ब्राउन सुगर जस्तो देखिने लिसाइलो पदार्थ प्लाष्टिक बाहेक  १  ग्राम फेला पारी दुवै जनालाई नियन्त्रणमा लिएर इप्रका गौरीगञ्जमा ल्याई राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।