बिर्तामोड । 

झापा क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्य तथा नेपाल कम्युनिस्ट पार्टीकी केन्द्रीय सदस्य श्री धर्मशिला चापागाईंले आज बिर्तामोड नगरपालिका–४ स्थित रमाउत बारी टोल विकास संस्थामा भेटघाट तथा सुझाव संकलन कार्यक्रममा गरेकी छन् ।

उक्त कार्यक्रममा स्थानीय पार्टी सदस्य, अगुवा कार्यकर्ता तथा शुभचिन्तकहरूसँग उहाँले समसामयिक राजनीतिक अवस्था, क्षेत्रीय विकासका प्राथमिकता र जनचासोका विषयमा खुला छलफल गरेका थिए । कार्यक्रममा बोल्दै चापागाईंले जनताको सुझाव र सहकार्य नै आफ्नो राजनीतिक यात्राको मुख्य आधार भएको बताउँदै स्थानीय तहका समस्या समाधानका लागि आफू प्रतिबद्ध रहेको उल्लेख गरिन् ।

उनले शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास, रोजगारी सिर्जना तथा सामाजिक न्यायका विषयलाई प्राथमिकतामा राखेर काम गरिरहेको जानकारी दिइन् । साथै आगामी दिनमा पनि जनताको घरदैलोमै पुगेर सुझाव संकलन गर्दै जनभावनाअनुसार नीति तथा कार्यक्रम अघि बढाइने प्रतिबद्धता व्यक्त गरिन् ।

कार्यक्रममा सहभागी स्थानीय बासिन्दाहरूले क्षेत्रको सडक, खानेपानी, युवा रोजगारी तथा सामाजिक सुरक्षासम्बन्धी विषयमा आफ्ना धारणा राखेका थिए। कार्यक्रममा उत्साहजनक सहभागिता रहेको आयोजकले जनाएको छ ।