झापा ।
नेपाली कम्युनिष्ट पार्टीका तर्फबाट झापा क्षेत्र नम्बर ३ मा उम्मेदवारी दिएका डिल्लीराम घिमिरे (हिक्मत) आफ्नो चुनावी अभियानलाई सशक्त ढंगले अगाडि बढाइरहेका छन्। आसन्न फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यका लागि उम्मेद्वार बनेका घिमिरेले मतदाता भेटघाट कार्यक्रम सक्रिय रुपमा अगाडी बढाउँदै आएका हुन् ।
चुनावी अभियान अन्तर्गत उनी क्षेत्र नम्बर ३ भित्र पर्ने भद्रपुर नगरपालिकाको १, २ दक्षिणी भाग सगरमाथा, पृथ्वीनगरलगायत विभिन्न स्थानमा घरदैलो कार्यक्रम गर्दै मतदातासँग प्रत्यक्ष भेटघाटमा जुटुका छन् ।
घरदैलो कार्यक्रममा स्थानीय अगुवा नेता तथा कार्यकर्ताको उल्लेख्य सहभागिता रहेको थियो। उम्मेद्वार घिमिरेले मतदाताको घर–घरमा पुगेर आफ्ना चुनावी प्रतिबद्धता र विकासका योजनाबारे जानकारी गराउँदै सुझाव तथा गुनासो समेतसुनेका छन् ।
स्थानीयवासीको बाक्लो उपस्थितिले अभियान थप उत्साहजनक बनेको बताउँदै उनले जनताको साथ र समर्थनले आफूलाई अझ जिम्मेवार बनाएको प्रतिक्रिया दिएका छन्।

















