शनिश्चरे । 

नेपाली कम्युनिस्ट पार्टी झापा क्षेत्र नम्बर २ की प्रत्याशी उम्मेदवार धर्मशीला चापागाँईले आमूल परिवर्तन र राष्ट्रिय संरक्षणको एजेन्डा नेपाली कम्युनिस्ट पार्टीमा मात्र भएको बताएकी छिन्। 

झापाको अर्जुनधारा नगरपालिका–४ अन्तर्गत रातेखालमा आयोजित कोणसभालाई सम्बोधन गर्दै उम्मेद्वार चापागाईंले दलित मुक्ति धर्म निरपेक्ष समानुपातिक प्रतिनिधित्व र परिकल्पनासँगै संविधान निर्माण गर्न अहम भूमिका खेलेको बताइन् । उनले त्यसलाई स्थायित्व प्रदान गर्न नेपाली कम्युनिस्ट पार्टीमा देशैभरि योग्य सक्षम उम्मेद्वार निर्माण गरेको बताएकी छिन्। 

कार्यक्रममा समानुपातिक उम्मेद्वार ममता राजवंशीले यो अवस्थालाई निर्माण गरिएको बताउँदै यसलाई टेकेर समाजवाद उन्मुख राष्ट्र निर्माण गर्नका लागि जनतामाझ आएको बताइन्।

कार्यक्रममा निर्वाचन परिचालन समितिका संयोजक हरिकुमार राना,  अनुगमन समितिका संयोजक रणध्वज साउदेन आर्थिक समितिका संयोजक ज्योतिसिंह दर्लामी अर्जुनधारकी देवकला प्रसाई, अर्जुनधारा पार्टी अध्यक्ष नारद दुःखी लगायत वाइसिएल महिला समिति मजदुर समिति किसान समितिको बाक्लो उपस्थिति थियो।

यसैगरी आजै नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार धर्मशिला चापागाईंले अर्जुनधारा–५ अन्तर्गत विभिन्न बस्तीहरूमा पुगेर आफू भूगोलको उम्मेद्वार भएको बताइन्। ‘हामी गुगलको नभएर भूगोलको उम्मेदवार हौँ, प्रत्याशी उम्मेद्वार चापागाईले  भनिन् ‘यो भूगोलको समस्या र यसका निराकरणको लागि अरुको दृष्टि भन्दा नेपाली कम्युनिस्ट पार्टीको दृष्टिकोण फरक छ ।’ जनतासँगै रहने र जनतासँगै मर्ने उनले वाचा गर्दै आफू यो क्षेत्रको योग्य उम्मेद्वार भएको बताइन्।