विर्तामोड । 

नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले झापा क्षेत्र नम्बर २ को मतदाता शिक्षा उपसमितिले आज (बुधवार) पनि मतदाता शिक्षालाई निरन्तरता दिएको छ । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि झापा क्षेत्र नं. २ मा मतदातालाई शिक्षा दिने उदेश्यले मतदाता शिक्षा अभियानलाई निरन्तरता दिइएको पार्टीका केन्द्रिय सदस्य तथा  मतदाता शिक्षा उपसमिति संयोजक धनबहादुर पन्धाकले जानकारी दिए । 

 नेपाली कम्युनिष्ट पार्टीका तर्फबाट झापा क्षेत्र नम्बर २ मा उम्मेद्वार बनेकी धर्मशीला चापागाँईलाई मतदाता गर्न मतदातालाई शिक्षा प्रदान गरिएको हो ।  मतदाता शिक्षा उपसमितिका संयोजक धनबहादुर पन्धाकको टोलीले आज (मंगलबार) अर्जुनधारा नगरपालिकाका केही वडा र बिर्तामोड नगरपालिकाका प्रत्येक वडामा मतदाता शिक्षा प्रदान गरेको हो ।

मतदाता शिक्षा उपसमितिले  प्रत्येक वडाका पार्टी नेतृत्वलाई भेटेर मतदातालाई मतदाता नमूना सामाग्री वितरण  गर्दै मतदान गर्न सिकाएको छ । मतदान गर्दा मत पत्र बदर नहोस भनेर नेपाली कम्युनिष्ट पार्टी झापा क्षेत्र नम्बर २ मा मतदाता शिक्षा उपसमितिले मतदातालाई सहज बनाउन मतपत्रमा भोट हाल्ने तरिका, मतपत्र पट्याउने तरिका मतदाताहरुलाई सिकाएको संयोजक धनबहादुर पन्धाकले बताए । 

बाँकि रहेका अन्य वडाहरुमा भोलि (बिहिीवार) मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरिने बताइएको छ । मतदाता शिक्षा कार्यक्रममा प्रेस सेन्टर नेपालका केन्द्रिय सचिव तथा १ नं. प्रदेश इन्चार्ज दिपिन राई, मतदाता शिक्षा उपसमितिका सदस्य तीर्थ सिग्देललगायतको समेत उपस्थिति रहेको थियो ।