बिर्तामोड । 

स्थानीय स्तरमा विकासको गति वढेसँगै प्रत्येक प्रदेश, जिल्ला, नगर, गाउँपालिका, वडा, गाउँ र टोल–टोलमा बाटो पुगेको छ । जनताको मतबाट मन्त्री, सांसद र जनप्रतिनिधि बनेका नेताको पहलमा आ–आफ्नो क्षेत्रको विकासको गति वढेको हो । बाटोमात्र बनेनन् अधिकांश सडक कालोपत्रेसम्म भएका छन् । 

झापाको अर्जुनधारा–५ स्थित भानु माध्यमिक बिद्यालय हुँदै पाण्डापुरसम्म जाने सडक कालोपत्रे भएको छ । बिगठित प्रतिनिधिसभा सभामुख देवराज घिमिरेको पहलमा भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयबाट बजेट बिनियोजन गरेर करिव एक मिलोमिटर सडक कालोपत्रे सम्पन्न भएको छ । 

सडक कालोपत्रे भएसँगै बर्षौदेखि हिलो र धुलो खेपिरहेका त्यस क्षेत्रमा स्थानीय उत्साहित भएका छन् । यस्तै सडक कालोपत्रे भएपछि भानु माध्यमिक बिद्यालयमा बिद्यार्थीहरुलाईसमेत आवत–जावतमा सहज भएको छ भने यातायातका सवारी साधन आवत–जावतमा पनि सहज भएको स्थानीयहरुको भनाई छ । 

विगठित प्रतिनिधिसभाका समाभूख घिमिरेको पहलमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट बिनियोजन भएको करिव एक करोड ३० लाख रुपैयाँको लागतमा सडक निर्माण सम्पन्न भएको अर्जुनधारा नगरपालिकाकी नगर उप–प्रमुख खड्गमाया पराजुलीले जानकारी दिइन् । उनका अनुसार करिव एक किलोमिटर लम्वाई र ५ मिटर चौडाई कालोपत्रे सडक निर्माण सम्पन्न भएको छ । सडक कालोपत्रे भएसँगै त्यस क्षेत्रका स्थानीयहरु उत्साहित भएका उनको भनाई छ । 

पाण्डवपुरबाट भानु माविसम्म जान सडक कालोपत्रे बनेसँगै सहज भएको स्थानीय अर्जुनमणि निरौलाले बताए ।  उनका अनुसार पहिले हिलो र धुलोका कारण बाटो हिड्न निक्कै समस्या थियो । उक्त बाटो पहिले एकदमै सानो अर्थात आली जत्रो मात्र भएको स्थानीय निरौलाले बताए । बर्षायाममा हिलो हुने भएकाले बिद्यार्थीहरुलाई स्कुल जान–आउन समस्या हुने गरेको उनले बताए । तर पछि गाउँपञ्चायतले बाटोको नमुना बनाएर ग्रावेल गरेर केही ठूलो बनाएपछि केही सहज भएको उनको भनाई छ । 

सडक कालोपत्रे भएपछि धेरै सहज भएको स्थानीय प्रकाश भण्डारीले बताए । ‘पहिलो धुलो उड्ने समस्या थियो’ स्थानीय भण्डारीले भने ‘अहिले कालोपत्रे भइकन धेरै सजिलो भएको छ । स्कुलसँगै बाटो जोडिएकाले दुर्घटनाको जोखिम छ स्पीड बे्रकर राख्नु आवश्यक भएको उनले बताए । उनका अनुसार सडक कालोपत्रे त भयो तर, सडक आसपास नाला नहुँदा अलि समस्या भएको छ । सडक कालोपत्रे बनेपछि अहिले त सुबिधा छ तर, पछि भत्किएपछि बन्दैन कि भन्ने डर पनि रहेको स्थानीय भण्डारीले बताएका छन् । 

हाल पाण्डवपुर भानुमावि जाने बाटो कालोपत्रे भएसँगै पैदलयात्री, यातायात आवत–जावतमा एकदमै सहज बनेको छ भने बर्षायाममा पनि सहजै रुपमा बिद्यालय जान–आउन बिद्यार्थीहरुलाई सहज भएको छ ।