- पवन किराती
विर्तामोड ।
नेपाली कम्युनिष्ट पार्टी क्षेत्र नम्बर २ की उम्मेदवार धर्मशिला चापागाईंले क्षेत्र नम्बर २ क अन्तरगतमा रहेको बसपार्कको समस्या हल गर्न आफू तयार रहेको बताएकी छिन् ।
बिर्तामोड बसपार्कमा राजनीतिक दलहरूमध्ये पहिलो पटक नेकपाकी उम्मेदवार चापागाईंले मोटरसाइकल र्यालीलाई सम्बोधन गर्दै बसपार्कको समस्या समग्र राष्ट्रिय समस्या भएको बताएकी हुन् । आफू विजयी भएमा बसपार्कको समस्या समाधान गर्न अग्रपक्तिमा उभिने प्रतिबद्धता उनले व्यक्त गरिन् । क्षेत्र नम्बर २ का जनतासँगको प्रत्यक्ष भेटघाटपछि आफू उत्साहित भएको उनले बताइन् ।
निर्वाचन परिचालन समितिका संयोजक हरिकुमार रानाको अगुवाइमा भएको उक्त कार्यक्रममा प्रेस संयोजक बासु दुलाल, केन्द्रीय सदस्यहरु भास्कर काफले, रुपधोन साउदेन, डा. बीपी मिश्र, धनबहादुर पन्धाक, दीपक मिश्र, मजदुर नेता भूपाल सापकोटा र महिला नेत्री जोया सुब्बा, शमाना लिम्बु, सन्ध्या मास्के, पवन तिम्सिना लगायतका नेताहरू कार्यक्रममा सहभागी थिए।
उक्त मोटरसाईकल ऱ्याली शान्तिपूर्ण रूपमा क्षेत्र नम्बर २ को ‘क’ अन्तर्गतका कनकाई ८ र ९ हुँदै बिर्तामोड नगरपालिको विभिन्न वडाहरूमा परिक्रमा गरिएको थियो।


















