झापा ।
नेपाली जनताले परिवर्तन र रुपान्तरणलाई आत्मसाथ गरी स्थिर सरकारको लागि मत जाहेर गरेको भन्दै पहिचान पक्षधर अर्थात राष्ट्रिय अग्रगामी गठबन्धनले सम्पूर्ण मतदाताहरुलाई धन्यवाद र शुभकामना दिएको छ ।
अब बन्ने बालेन सरकारले जनताको अभिमतलाई दुरुपयोग गरी नेपाली जनताले इतिहास कालखण्डमा लामो सङ्घर्ष र बलिदानीबाट प्राप्त राजनैतिक अधिकारहरुलाई कटौती गर्न प्रतिगामी हर्कतहरु गर्ने कोशिश गरे पहिचानबादीहरु सडकबाट शसक्त पहरेदार गर्ने पहिचान पक्षधरले जनाएका छन् ।
नेपालको भूराजनीतिसँग जोडिएर कूनै पनि शक्ति राष्ट्रले आफ्नो स्वार्थ सिद्ध गर्न सार्वभौमिकता, स्वाधिनता र स्वाभिमानमा आँच आउने दलाली यो सरकारले गरे घोर भण्डाफोर गर्ने पहिचानवादी युवा नेता एलवी पालुङ्वाले जानकारी दिएका छन् ।
पहिचानबादीहरु एकजुट नहुँदाको बखत नेपाली जनताले चुनाबमा नमीठो सजाय गरेको तीतो यथार्थलाई आत्मसात् गर्दै पहिचानवादी राजनैतिक दलहरूको खुद्रा दोकान अब उप्रान्त नचल्ने स्थिति भएकोले राजनैतिक हिसाबले गोलबद्ध एबम् एकजुट हुने बताइएको छ । फाइल तस्वीर

















