बिर्तामोड ।
बचत तथा ऋण सहकारी संघ लि. झापाले पहिलो पटक झापामा बजार प्रतिनिधिलाई तालिम दिने भएको छ । आगामी चैत १९ गते बिहान १० बजेदेखि बिर्तामोडमा तालिम आयोजना गरिने संघले जनाएको छ ।
संस्थाहरुको छाता संगठनको रुपमा रहेको संघले ६९ औ राष्ट्रिय सहकारी दिवसको अवसर पारेर आफ्ना प्रारम्भिक संस्थाहरुको विकासका लागि एक दिने निशुल्क Self Motivation Art for Satisfying Valued Member बजार प्रतिनिधिहरुलाई तालिम दिने भएको हो ।
तालिमको सहजीकरण रामराज प्रताप भण्डारी गर्ने भएकाले झापा भरीका प्रत्येक प्रारम्भिक सहकारीसंस्थाबाट २/२ जना बजार प्रतिनिधिहरुलाई सहभागी गराउन माग गरिएको बचत तथा ऋण सहकारी संघ झापाका अध्यक्ष युवराज गिरीले जानकारी दिए । अध्यक्ष गिरीका अनुसार यस प्रकारको तालिम झापामै पहिलो हो ।
पतालगंगा साकोसको सभाहल बिर्तामोडमा हुने बजार प्रतिनिधिको निःशुल्क तालिममा सहभागीलाई चिया खाजा, स्टेशनरी र प्रमाणपत्रसमेत सघंले व्यवस्था गर्ने बताइएको छ । तालिममा सहभागीताका लागि झापाका प्रत्येक सहकारी संस्थालाई पत्रचारसमेत गरिएको अध्यक्ष गिरीले बताए ।


















