झापा । 

लागुऔषध दुर्व्यसन तथा ओसारपसार बिरुद्ध अभियानको रुपमा रहेको  स्वीप अपरेशन अन्तर्गत ६६ जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालय तथा मातहत प्रहरी कार्यालय समेतले  बैशाख ११ गते लागुऔषध दुर्व्यसन तथा कसूरमा ६६ जनालाई नियन्त्रणमा लिइएको जनाएको हो । 

जसमा  १२ जना व्यक्तिबाट  १६ ग्राम ९५० मिलिग्राम लागुऔषध ब्राउन सुगर, Tramadol-50 tab  ११७ पिस, Decolic tab. १०५ पिस  समेत बरामद भएको छ । लागुऔषध बरामद गरिएका १२ जनालाई लागुऔषध नियन्त्रण एेन २०३३ बमोजिम लागुऔषध कसूरमा अनुसन्धान गरिने जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । 

 यसअघि   वैशाख १० गते स्विप अपरेशन अन्तर्गत ६२ जना नियन्त्रणमा लिइएको थियो भने  २० ग्राम ४० मिलिग्राम लागुऔषध ब्राउन सुगर र नगद  ९ हजार  रुपैयाँ बरामद गरिएको थियो ।